
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएनन् । सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वास मत सम्बन्धी प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफल सकिएपछि सभामुखले निर्णयर्थ प्रस्तुत गरेका थिए । मत मत विभाजन हुँदा प्रधानमन्त्रीको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको छ । मतदानमा २५८ सहभागी भएका थिए ।
योसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
यता राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार आह्वानको लागि संविधानविद्हरुसँग छलफल सुरु गरेका छन् । संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सोही धाराको उपधारा ३ अनुसार राष्ट्रपतिले सरकार आह्वान गर्छन् कि सोही धारामा फर्किन्छन् चाँसोको विषय भइरहेको छ ।