काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएर नेपाली काँग्रेससँग मिलेर नयाँ समिकरण बनाएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
संसदीय अभ्यासविरुद्ध काँग्रस र एमालेले नयाँ समिकरण बनाएका छन् । पहिलो र दोस्रो दल मिलेपछि उनीहरुको पक्षमा बहुमत स्वतः पुग्ने भएपनि प्रधानमन्त्रीले संसदको फेस गर्न विश्वासको मत लिने बताएका छन् ।
सरकारमा सहभागी तीन दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।
अहिले संसद बैठकमा सांसदहरुले आआफ्ना धारणा राखिरहेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा राखेपछि त्यसमाथि छलफल सुरु हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत सम्बन्धी कार्य सकिएपछि पार्टी कार्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने तयारी पनि गरेका छन् ।
आफ्नो नेतृत्वको सरकारले गरेका काम र अबको यात्राबारे सम्बोधनको क्रममा प्रचण्डले देशबासीलाई जानकारी गराउने बताइएको छ ।