
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
सरकारकाे सहयात्री दल नेकपा एमालेले नेपाली काँग्रेससँग मिलेर नयाँ समिकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
काँग्रेस-एमालेबीच आलोपालो सरकार गठन गर्ने सहमति गरेका छन् । संवैधानिक प्रक्रियालाई ख्याल नगरी पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति गरेका छन् ।
तर, संविधानकाे धारा ७६ (२) मा बनेको सरकारले विश्वासको मत नपाए ७६ (३) मा संसद ठूलो दलकाे नेता प्रधानमन्त्री बन्ने प्रावधान रहेको छ । संविधानविद्हरुले सोही धाराअनुसार नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।