आज :

हमासको बंकरमा पसेका ८ इजरायली सैनिकको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो ।

जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठूलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो । स्थानीय समयअनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका आतंकवादी अड्डाहरू ध्वस्त पार्न निस्किएको इजरायली सेनाको टोली झण्डै ५० आतङ्ककारीलाई मारेर फर्किरहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal