आज :

इजरायल संयुक्त राष्ट्रसंघको कालोसूचीमा, विश्वभर नेतान्याहूविरुद्ध प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । इजरायली आक्रमणमा एकैदिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ ।

सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् ।

प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पु¥याएको भन्दै उनीहरुले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम बिष्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

इजरायलविरुद्ध निस्किएका विरोध ¥यालीहरुमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ । सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ । इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको विरोधमा प्रदर्शन भइरहेका छन् । विश्वभर युद्धविरामको लागि दबाब आइरहेपनि नेतान्याहूले बालबालिकाको कत्ले-आम गरिरहेको भन्दै विरोध भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal