आज :

भक्तपुर अस्पतालः १ सय २० पछि देशकै उत्कृष्ट अस्पताल

  • अनलाइन डबली

काठमाडौँ । भक्तपुर अस्पताल नेपालको दोस्रो जेठ अस्पताल हो । लामो समयदेखि ‘रिफर सेन्टर’ बाट भक्तपुर अस्पतालले प्रदेश हुँदै देशकै उत्कृष्ट सेवा सुविधा दिने अस्पतालको परिचय बनाएको छ ।

आफ्नो स्थापनाको एक सय २० वर्षपछि देशकै उत्कृष्ट अस्पताल बनेको हो । यस अस्पतालको पहिलो नाम ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ हो । वीर अस्पतालपछि तत्कालिन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणले बि.सं. १९६१ असार १७ गते आफ्नै नामबाट ‘चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गरेका थिए । सुरुमा १५ शैयाबाट सुवा सुरु गरेको यो अस्पताल ३ सय शैयाको सेवा विस्तारको तयारीमा जुटेको छ ।

भक्तपुर अस्पताल देशकै उत्कृष्ट बनाउन अस्पतालकी प्रमुख मेडिकल सुपरिटेडेन्ट (मेसु) डा. सुमित्रा गौतमको महत्वपूर्ण भूमिका रहेको छ । योसँगै विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको भूमिका पनि महत्वपूर्ण नै छ । बागमती प्रदेश मातहतमा रहेको यो अस्पताल २०७७ मा ७४ अंक, २०७८ मा ८४ अंक, २०८० मा ९७ अंक ल्याउन सफल यो अस्पताल यो बर्षसम्म आइपुग्दा ९८ अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको छ ।

भक्तपुर नगरपालिका–१, दुधपाटीमा रहेको यस अस्पतालले कोरोना कालमा पनि निकै महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला पनि डा. सुमित्रा गौतमले नै अस्पतालको नेतृत्व गरेकी थिइन् । आफ्नो स्थापनाको लामो समय संकटबाटै गुज्रेको अस्पतालले डा. गौतमले नेतृत्व गरेपछि भने काँचुली फेर्दै गएको छ । अहिले नयाँ भवनबाट सेवा सुरु गरिसकेको छ भने सेवाहरु पनि विस्तार गर्दै गइरहेको छ ।

कोरोना महामारीकै बीचमा डा. गौतम पहिलोपटक २०७६ मंसिर २० गते अस्पतालको नेतृत्व समाल्न आएकी हुन् । कोरोना कालमै डा. गौतमकै पहलमा अस्पतालमा आईसियू सेवा सुरु गरिएको थियो । डा. गौतमले जिम्मेवारी समालेपछि रातदिन काममा खटिने र डाक्टर, नर्स तथा कर्मचारीलाई पनि अस्पतालको सुधारमा अभियानमा सँगै लिएकै कारण देशकै उत्कृष्ट अस्पताल हुन सफल भएको हो ।

“म सिन्धुलीमा हुँदा पनि रातदिन खट्थे, दिन २४ घण्टाभन्दा बढीको भइदिएको भएजस्तो लाग्थ्यो, म यहाँ आएपछि अस्पतालको सुधारको लागि त्यही गतिमा काम गरेँ । हामी सबैको पहल र अथक प्रयासबाटै यो अवस्थामा आइपुगेका हौँ” डा. गौतमले भनिन् । उनले ठाउँमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन् ।

भक्तपुरबासी मात्रै नभएर देशका विभिन्न ठाउँबाट आएका बिरामीले सेवा लिइरहेका छन् । भक्तपुरबासी अस्पतालका कर्मचारी र बिरामीहरु डा. गौतमकै अगुवाईमा ‘रिफर सेन्टर’ अस्पताल उत्कृष्ट भएको बताउँछन् ।

अहिले अस्पतालबाट दैनिक ८ सयदेखि ९ सय बिरामीले सेवा लिइरहेका छन् ।

डा. गौतमको यो कार्यले महिला अब्बल हुँदैन भन्ने भाष्यलाई पुनः एकपटक गलत सावित गरिदिएको छ । अबसर पाए महिलाले पनि गर्न सक्छन् र हिम्मत गरे सम्भव छ भन्ने उदाहरण बनेको छ भक्तपुर अस्पताल ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal