आज :

तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, नितिशकुमार र चन्द्रबाबुको यस्तो छ गोप्य छलफल

  • अनलाइन डबली

काठमाडौँ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने तयारी गरेका छन् ।

मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेपनि एकल बहुमत भने गुमाउन पुगेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको थियो ।

मोदीले एनडीए गठबन्धनको बलमा प्रधानमन्त्री बन्ने तयारीमा छन् । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ ।

यो गठबन्धनमा बिजेपी पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब मोदी प्रधानमन्त्री बन्ने, बनेपनि कति दिनको लागि बन्ने भन्ने कुरा तेलगुका नेता चन्द्रबाबु नायडु र युनाइटेडका नेता नितिश कुमारको हातमा रहेको छ ।

एउटा कुरा हेक्का राख्नुपर्ने कुुरा के छ भने चुनावमा गठबन्धन गरेपनि निशित कुमार र मोदीको अतिवादको विरोधी हुन् । उनले मौका पाउने वित्तिकै अर्को गठबन्धनमा जान बेर नलगाउने विश्लेषण गरिन थालिएको छ ।

इण्डिया गठबन्धनका नेता राहुल गान्धीसँग पनि नितिशकुमारको वार्ता भइरहेको बताइएको छ । यदि नितिश कुमारले प्रधानमन्त्री वा मुख्य मन्त्रालय पाए मोदीको साथ छोड्न सक्ने भारतीय विश्लेषकहरु बताउँछन् ।

अघिल्लो चुनावमा ५२ सिटमा चित्त बुझाउन बाध्य भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यो इन्डिया गठबन्धनको पहिलो दल हो ।

यो गठबन्धनको समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर देशकै तेस्रो ठूलो दल बनेको छ भने इण्डिया गठबन्धनको दोस्रो ठूलो।

त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ । त्यस्तै आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ ।

मोदीलाई प्रधानमन्त्री बन्न रोक्न इण्डिया गठबन्धनलाई ४२ सिटको आवश्यकता पर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal