आज :

माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री

  • अनलाइन डबली

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।

विहिबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाड्न बाहिर कोहि नजाने दाबि गरेका छन् ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् ।

‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर पुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal