आज :

भत्काइएको सडक पुनःस्थापना नगरे कारवाही गर्ने काठमाडौ महानगरलाइ सडक डिभिजनको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौ महानगरपालिकालाई न्यूरोडमा भत्काइएको सडक पुनःस्थापना नगरे कारवाही गर्ने चेतावनी दिएको  छ । महानगरले शनिबार न्यूरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्डमा सडक काटेर फुटपाथ बढाउन सडक भत्काए  पछी सडक डिभिजनले महानगरपालिकालाई बुधबार पत्र लेख्दै सडक दुई दिनभित्र पुनःस्थापना गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

सडक साँघुरो बनाउने महानगरको कार्य उचित नभएको भन्दै महानगरको यस कार्यको बिरोधमा स्थानीय बासीले सडकमा प्रदर्शन गर्दै आएका छन् ।उनीहरूले   ‘ ऐतिहासिक सहर भत्काउनु पाइदैन  ’,  ‘न्युरोड साँघुरो गर्न मिल्दैन’, ‘नयाँ सडक बचाउ’ भन्दै कालो ब्यानरसहित महानगरविरुद्ध नारबाजी गर्दै  आएका छन् ।

 

यस अगाडिको सम्बन्धित् समाचार – 

नयाँ सडक (न्युरोड) क्षेत्रका सडक साँघुरो गर्ने महानगरको निर्णयको बिरोधमा स्थानि बासीले गरे प्रदर्शन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal