आज :

दुई वर्ष नपुग्दै विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ हो: झाँक्री

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ भएको बताएकी छन् ।

आइतबार संघीय गणतन्त्र शासनसम्बन्धी संवाद कार्यक्रममा उनले दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको भएपनि व्यवस्थामाथि नै बरखिलाफ गर्दै पाँच पटक विश्वासको मत लिइएको बताइन ।

झाँक्रीले भनिन्, ‘प्रणालीगत हिसाबले स्थायित्व खोज्दै गर्दा पनि दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भने संविधानमा दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको व्यवस्थाको बरखिलाफ भएको छ ।’

सहकारी सहकार्यमा सामुहिक लगानी गर्ने प्रणाली भएको भन्दै कसैले जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध भएको बताइन ।

‘हामीले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा मान्यौं । सहकारीमा सहकार्य गर्ने सदस्यहरुको पुँजी निर्माण गर्ने, पुँजीलाई जम्मा गर्ने, सामूहिक लगानी गर्ने प्रणाली हो । र सहकारी सुशासनमा आधारित हुन्छ । जुन मान्छे सहकारीको सदस्य छैन, किर्ते गरेर १० वा हजार कित्ता सेयर ल्याएर जनताको बचत अपचलन गर्छ भने यो आर्थिक अपराध हो’ झाँक्रीले भनिन् ।

वर्तमान देशमा उठाएको राजस्वभन्दा खर्च गर्ने भार ठूलो भएको भन्दै गुणात्मक परिवर्तनको लागि प्रत्येक मानिसले राज्य निर्माणमा योगदान गर्नुपर्ने बताइन ।

गणतन्त्रात्मक मुलुक हुनुभन्दा अगाडि मुलुक के थियो, समाज के थियो भन्ने थाहा नभएको मान्छेका लागि गणतन्त्र पछि के आयो भन्ने थाहा नहुने उल्लेख गरिन । प्रजातन्त्रभन्दा अगाडिको समाज नदेखेकाहरुलाई यसको अन्तर पनि थाहा नहुने भन्दै हाल हामीले लडेर ल्याएको गणतन्त्रको महत्व बुझ्न आग्रह गरिन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal