काठमाडौँ । मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेले सबैभन्दा धेरै सहकारी ठगी गरेको दाबी गरेका छन् । उनले एमालेका नेता कार्यकर्ता मिलेर सबैभन्दा धेरै ७० प्रतिशत सहकारी गठी गरेको आरोप लगाए ।
“सहकारीमा रास्वपा भनेको २ प्रतिशत हो, ३३ प्रतिशत कांग्रेस र ७० प्रतिशत सहकारीमा ठग्ने एमाले हो” प्रसाईँले भने । उनले एमालेले सहकारी गठीबारे छानबिन हुन नदिएको आरोप समेत लगाए ।
प्रसाईँले जिबी राई एमालेको मान्छे भएको बताए । “जिबी राई एमालेको मान्छे हो र सिबी लामा कांग्रेसको मान्छे हो, उसले संसदमा टिकट दिन लागेको मान्छे हो । सबै पार्टीभित्रका मान्छे मिलेर सहकारीको पैसा लुटेर खाए” प्रसाईँले भने ।