आज :

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरूबाट मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शान्तिका प्रतिक महामानव गौतम बुद्धको २५६८ औँ जन्म जयन्तीका सन्दर्भमा बिहीबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ,’ देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’

उनले यो अवसरमा देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal