आज :

आजको गतिविधिको काँग्रेसले चर्को मूल्य चुकाउनुपर्ने छः प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसले आफूलाई विश्वासको मत लिन रोक्ने कार्यको चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् ।

आफूले काँग्रेसलाई संवादको वातावरण बनाइराखेको जानकारी गराउँदै प्रचण्डले उल्टै विश्वासको मत लिन रोकेर इतिहासमा कलंक लाग्ने कार्य गरेको बताए ।

“संसदबाट विश्वासको मत लिन रोक्न नाराबाजी गरेर नेपाली इतिहासमा कलंक लाग्ने कार्य गरेको छ । यसको इतिहासमा चर्को मूल्य चुकाउनुपर्नेछ” प्रधानमन्त्रीले भने । उनले आफूले विगतदेखि नै काँग्रेसलाई संवादमा ल्याउन वातावरण बनाइरहँदा पनि विश्वासको मत लिन रोक्नु गलत भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal