काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा विश्वासको मत मागेका छन् ।
नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो नेतृत्वको सरकारलाई गरेका कामबारे जानकारी गराउँदै राष्ट्र निर्माणको लागि विश्वासको मत दिन अपील गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत मागेलगत्तै सभामुखले दलीय आधारमा नेताहरुलाई बोल्न समय दिएका थिए ।