आज :

भारतमा लोकसभा निर्वाचन : पाँचौं चरणको मतदान जारी 

  • अनलाइन डबली

काठमाडौं । भारतमा आज पाँचौँ चरणको मतदान भैरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ।

लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो ।

महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच–पाँच, झारखण्डका ३, जम्मु कश्मिर र लद्दाखमा एक–एक सिटका लागि मतदान हुन भैरहेको छ ।

आज हुने मतदानले भारताका सत्तापक्ष र प्रतिपक्षका लामो समयदेखि राजनीतिमा होमिएका चर्चित सांसद र मन्त्रीको आगामी राजनीतिक यात्रा तय गर्ने भएकाले पनि कतिपय स्थानको मतदानलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

रक्षामन्त्री राजनाथ सिंह, बीजेपी नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री पीयूष गोयल, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्यलगायतको हार जितको फैसला गर्ने छ ।

भारतामा गत अप्रिल १९ देखि सुरु भएको निर्वाचन प्रकृयामा मतदानको चौथो चरण पूरा भई पाँचौ चरणमा आइपुगेको छ । मतदान अन्तरगत छैटौं चरणको निर्वाचन मे २५ मा र अन्तिम चरणको मतदान जुन १ मा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि जुन ४ तारिखबाट मतगणना शुरु हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal