आज :

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन: माधव नेपाल

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन् ।

आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘भोली नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं । त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन । कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रोण् विश्वासको मत प्राप्त हुनेछ ।’

नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए ।

‘आजै संसद अवरोधको बारेमा प्रधानमन्त्रीसँग मेरो कुराकानी भयो । यो अवरोध हटाउने कुरामा रास्वपाका नेताहरुसँग पनि मैले कुरा गरें, नेपाली काङ्ग्रेससँग पनि कुरा भयो । यो अवरोध हटाउनु सबैको हितमा हुन्छ, सहमतिको बुँदामा पुग्नु आवश्यक छ । नभए त हामी ठूलो संकटमा पर्छौं । नीति र कार्यक्रमको सन्दर्भमा संसदमा छलफल गर्ने ढोका नखोल्दा के के संवैधानिक जटिलता खडा हुन्छ । यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ’ पूर्व प्रधानमन्त्री नेपालले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal