आज :

संसदमा बोल्न निषेध गर्न पाइँदैन: सीके राउत

  • अनलाइन डबली

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।

उनले भने,‘मंैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट््टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ । छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन् ।’

राउतले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताए । उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहीं कठिन भएको छ । गतल संसदीय अभ्यास भइरहेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal