धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत लिन रोक्न नेपाली काँग्रेसले रोष्ट्रम घेराउ गरेका छन् । त्यसमा नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूले साथ दिएका छन् ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आजको बैठक आह्वान गरिएको थियो ।
बैठक सुरु भएलगत्तै काङ्ग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री मात्रै सत्तापक्षमा बसेका थिए भने अन्य ५ सांसदहरु नयाँ समिकरणमा विक्षमा उभिएका छन् ।
काँग्रेस र रेशम पक्षको अवरोधका कारण प्रदेशसभाको बैठक ३० मिनेटलाई स्थगित गरिएको छ ।