आज :

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने काँग्रेसको तयारी

  • अनलाइन डबली

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर,बैठक बस्ने नबस्ने निश्चित छैन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

सहकारीको बचत अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएको कांग्रेसको आरोप छ ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएकोले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान लिएको छ । काँग्रेसले आज पनि दुबै संसदको बैठक अवरुद्ध गर्ने काँग्रेसको तयारी छ ।

सोही कारण जेठ १ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि सदनमा टेबुल हुन सकेको छैन । राष्ट्रपतिलाई ‘धन्यवाद प्रस्ताव’ समेत राष्ट्रिय सभाले पािरत गर्न सकेन ।

संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक भने दिउँसो १: १५ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकका सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, सञ्चारमन्त्रीले मिडिया काउन्सिल विधेयक पेश गर्ने लगायत ६ कार्य बुँदामा सूची उल्लेख छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal