आज :

भारतीय प्रधानमन्त्री मोदीले उम्मेदवारी दर्ता गरे, कति छ सम्पत्ति ?

  • अनलाइन डबली

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ । उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ ।

लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता  गरेका प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दति निक्षेप रहेको छ । यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ ।

मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए । मोदीले नगदबारे यसरी खुलाएपनि उनको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन् ।

मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।

सन् २०१४ मा भने उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal