आज :

कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. राधिका थपलियालाई

  • अनलाइन डबली

काठमाडौं । सरकारले कोशी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा. राधिका थपलियालाई कोशी प्रदेशको सचिवमा जिम्मेवारी दिएको छ ।

बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य शिक्षा प्रशासक प्रमुख रहेकी थपलियालाई प्रदेश सचिव बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले बैशाख ३१ गते थपलियालाई प्रदेश सचिवको कामकाज गर्न पठाएको हो ।

“तपाईँलाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ११ को उपदफा (२) बमोजिम देहाय अनुसार काम काज गर्न खटाएको ब्यहोरा नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८० वैशाख २७ गते को निर्णय अनुसार अनुरोध छ” थपलियालाई सचिवको रुपमा जिम्मेवारी दिएको पत्रमा उल्लेख छ ।

डा. थपलिया कोरोना कालमा स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशकको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकी थिइन् ।

यसअघि सचिवको रहेकी डा. सुधा देवकोटा सिटी स्क्यान मेसिन लगायत खरिद विवादमा मुछिएकी थिइन् । व्यपारीसँग सेटिङ गरेर सिटी स्क्यान खरिदमा साढे तीन करोड कमिसन खेलमा डा. देवकोटा पनि मुछिएपछि विवादित बनेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal