आज :

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एकीकृत समाजवादीले मत नदिने

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । कार्कीले संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नयाँ समिकरण बनेसँगै नेकपा एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । कुल ९३ प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा आवश्यक बहुमतको लागि ४७ जना सांसद समर्थन चाहिन्छ । तर एमाले र माओवादीसँग ५२ सांसद छन् ।

मधेसमा बन्न लागेको नयाँ समिकरणमा सहभागी हुन लागेको जसपा नेपालले कोशी प्रदेशमा कार्कीलाई विश्वासको मत दिने भएको छ । लोसपाबाट निर्मला लिम्बू प्रदेशसभा सदस्य छन् ।

कार्कीविरुद्ध सर्वोच्च अदालत पुगेको नेपाली काँग्रेसले भने आजको प्रदेशसभा बैठक बहिस्कार गर्ने बताएको छ ।

केन्द्र सरकारमा सहभागी भएको नेकपा (एकीकृत समाजवादी) ले भने विश्वास मत नदिने बताइसकेको छ । एसको यो निर्णय पनि प्रतिउत्पादक बन्नेछ ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीले विश्वासको मत नपाइरहेको बेला कोशीको यो निर्णय उसैको लागि घातक बन्ने बताइएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्री बनिराख्न एमालेको अनिवार्य सहयोग चाहिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal