आज :

बजेट र नीति कार्यक्रममा प्रविधि उच्च प्राथमिकतामा छ: मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसपटकको बजेट र नीति कार्यक्रममा प्रविधिलाई उच्च प्राथमिकतामका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार आईसीटी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचना र प्रविधिको क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्ने हो भने युवाहरु विदेश जान नपर्ने भन्दै यसपालीको बजेटमा प्रविधिको विकास प्राथमिकतामा रहने बताइन् ।

उनले भनिन्, ‘अहिलेको बजेटको मुख्य थिम भनेको कृषिलाई आधार बनाउनुपर्छ र सूचना र प्रविधि फ्रन्ट लाइनमा राखेर बजेटको निमार्ण गर्नुपर्छ भनेर प्रधानमन्त्रीलगायत सबैले भनिरहेका छन् । सूचना र प्रविधिको क्षेत्रलाई देशले नीति, नियम कानूनलगायत यो क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्न सक्ने अवस्था बन्यो भने हाम्रा युवाहरु विदेश जानुपर्ने छैन् । यसपटकको बजेट र नीति कार्यक्रममा हामीले यसलाई उच्च प्राथमिकतामका साथ अगाडि बढाउने प्रतिबद्धता गरेका छौ ।’

उनले दूरसञ्चार ऐन २०५३ को पुरानो कानूनबाट चल्न बाध्य भएको भन्दै त्यसको समग्र विकासको लागि नीति नियम कानून निर्माणको पहल अगाडि बढाउने बताइन् ।

उनले भनिन्, ‘हामीसँग दूरसञ्चार ऐन २०५३ छ तर अहिलेको अवस्था फरक छ । हामी पुरानो कानूनबाट चल्न हामी बाध्य छौ । सूचना र प्रविधिमा जसरी विकास भएको छ त्यसको समग्र विकासको लागि नीति, नियम, कानून राज्यले लिुनपर्ने प्राथमिकतालाई अगाडि बढाएर जानुपर्छ भन्ने मान्यता छ र यसमा हामीले अहिले पहल पनि गर्दैछौं ।’

सूचना र प्रविधिको व्यापक प्रयोगबाट देशको अर्थतन्त्रको विकास सम्भव भएपनि प्रयाप्त कानून र नीति नहुँदा पछाडि परिएको उनको भनाई छ ।

उनले नेपालले आइसिटीलाई अति आवश्यक वस्तुको रुपमा स्विकार गरेको भन्दै त्यो अनुरुपको बजेट र नीति कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal