
काठमाडौँ । नेपाल इङल्याण्डको सी टिमसँग पराजित गरको छ ।
इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।
इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।