
काठमाडौं । रामप्रसादराई गाउँपालिकाले जनयुद्ध दिवसको अबसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले फागुन १ गते पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले सोमबार सूचना जारी गरेर अध्यक्षस्तरीय निर्णयले पालिकाभर सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
संघीय सरकारले फागुन १ गते जनयुद्ध दिवसको अबसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर केही व्यक्तिहरुले बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा उजुरी दर्ता गरेका थिए ।
सर्वोच्च अदालतले सरकारको बिदा खारेज गर्ने आदेश दिएको थियो ।
तर देशभरका विभिन्न पालिकाले भने सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।