आज :

अन्तर्राष्ट्रिय एक दिवसीय श्रृंखलामा नेपाल र क्यानडा खेल्दै

  • अनलाइन डबली

काठमाडौं । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्यानडासँग बिहीबार पहिलो खेल खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल विहान ९ : १५ बजेदेखि सुरु हुनेछ ।

दुवै टोली सिरिजमा विजयी सु?वात गर्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । यो श्रृंखलाका नेपालकातर्फबाट रोहित पौडेल र क्यानडाकातर्फबाट साद बिन जाफरको कप्तानीमा दुई टोलीमा मैदानमा हुनेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपुर फाइदा उठाउने दाउमा छ ।

क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ । नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् ।

उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने द्धिविधामा छन् । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरवि?द्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

सन् २०१८ मा उनले डिभिजन टुमा नेपालवि?द्ध शतक हानेका थिए । त्यस्तै, भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङवि?द्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

सिरिज अन्तर्गतको अर्को खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal