आज :

इन्जिनियर रमिता रावलको निधन, देश सेवा गर्ने सपना अधुरै रह्यो

  • अनलाइन डबली

अछाम । जिल्लाको जिल्ला पन्चदेवल बिनायक नगरपालिका–५ लयाटी निवासी सव–इन्जिनियर रमिता रावलको निधन भएको छ ।

केही समयदेखि क्यान्सर रोगसँग लडिरहेकी रमिताको उपचारको क्रममा नेपालगंज मेडिकल कलेजमा निधन भएको हो ।

इन्जिनियर बनेर देशको सेवा गर्ने सानैबाट अठोट लिएकी रमिताको सपना अधुरै रहेको छ । निजामति सेवा प्रदेश गरेर बाँकेका स्थानीय तहमा कार्यरत रमिताको ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गर्दा पनि सन्चो हुन सकेको थिएन ।

परिवारका उनुसार रमिताको शव आजै नेपालगंजबाट अछामको पन्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित घर लगिएको छ । भोलि अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।

२७ बर्षीय रमिता पढाईमा निकै लगनशील भएको परिवारले जनाएका छन् । रमिताको निधनले गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal