आज :

डा.रोकायाले लेखेको ‘कर्णालीको मर्म’ पुस्तकको परिचर्चा

  • अनलाइन डबली

सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा.दिपेन्द्र रोकायाले लेखेको ‘कर्णालीको मर्म’ पुस्तकको परिचर्चा गरिएको छ । आइतवार वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सभा हलमा आयोजना गरिएको एक समारोहमा पुस्तकको परिचर्चा गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह,कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाही र बाल विशेषज्ञ एवम् ‘शून्यको मूल्य’का लेखक डा.नवराज के.सीले पुस्तकमाथि परिचर्चा गरेका हुन् ।

पुस्तकमाथि परिचर्चा गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले ‘कर्णालीको मर्म’पुस्तक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले राज्यबाट कर्णालीलाई पछाडी पारिएको मर्म, राज्यबाटै कर्णालीमा दमन भएको मर्म,कर्णालीको ऐतिहासिक तथ्यहरुलाई मेटाइएको मर्म, राष्ट्रिय समानता र स्वतन्त्रताको अभाव भएको मर्म,विकास हुन नसक्दा कर्णालीवासीहरु भारतीय भूमिमा गएर दुःख भोग्ने गरेको मर्म,साबिकको कर्णालीका मानिसहरु शहर बजारमा पुग्दा आफ्नै देशमा पनि अपमानीत हुनुपर्ने मर्म पुस्तकमा लेखकले उल्लेख गरेको भन्दै पुस्तकको महत्वलाई औंल्याए ।
प्रा.डा.सिंहले आफ्नो सभ्यतालाई बचाउन कर्णालीवासीमा पुनः जागरण आउनेपर्ने कुरा उल्लेख गरे । उनले किताबमा कर्णालीवासीमा पुनः जागरण आउनुपर्ने कुरा उल्लेख गरिएको बताउँदै आफ्नो सभ्यतालाई ध्वस्त पार्ने मान्छे राष्ट्रवादी हुन नसक्ने बरु आफ्नो सभ्यता,संस्कृति र भाषाको रक्षा गर्न कर्णालीवासी एकजुट हुनुपर्ने बताए ।

त्यस्तै बाल विशेषज्ञ एवम् ‘शून्यको मूल्य’का लेखक डा.नवराज के.सीलले पुस्तकको भाषा, शैलीदेखि विषयवस्तुमाथि मिहीन ढंगले परिचर्चा गर्दै कर्णालीको भौगोलिक विकाससँगै धार्मिक महत्वको कुरा पुस्तकमा रोचक ढंगले उठाइएको बताए । डा.केसीले पुस्तकमा सामाजिक, सांस्कृतिक, भौगोलिक र इतिहासका साथसाथै कर्णालीका सम्भावित पर्यटकीय क्षेत्रको बारेमा समेत उल्लेख गरिएकोले कर्णालीलाई बुझ्न चाहनेले यो पुस्तक पढ्ने सहभागीलाई अनुरोध गरे । उनले भने, “यो पुस्तक आकारमा सानो भएपनि मैले यो पुस्तक पढिसकेपछि आफूले एकदमै ठूलो ज्ञान प्राप्त गरेंको छु, तपाईहरुलाई पनि म पढ्न आग्रह गर्दछु ।”

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले ‘कर्णालीको मर्म’ पुस्तकमाथि चर्चा गर्दै किताबमा शिव भगवानका कुरा,कर्णालीको लोक साहित्यका कुरा,धामीहरुका कुरा नयाँ र रोचक ढंगले उल्लेख गरिएको बताए । उनले किताबमा उठान गरिएका कतिपय कुराहरुसंग आफू जानकार रहेपनि पुस्तकमा लिपिबद्ध हुनुले लेखकको लगनशिता, मेहनत उजागर भएको बताए ।

पुस्तकका लेखक डा. दिपेन्द्र रोकायाले आफ्नो पुस्तकमा सातवटा अध्याय रहेको र ती अध्यायहरुमा मानवकेन्द्रित विकासलाई जोड दिनुपर्छ र कर्णाली भनेर हिनताबोध होइन अझ गौरबका साथ हिम्मतका साथ अगाडी बढौं भन्ने सन्देश प्रवाह गर्न खोजको बताए । उनले आफू जन्मेको भूमिले न्याय पाउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकोले यो पुस्तकमा पनि त्यो कुरा उल्लेख गरिएको चर्चा गरे । डा.रोकायका यसअघि ‘नाफाको जिन्दगी’ लगायतका पुस्तक प्रकाशित भएका थिए ।

पूर्व पत्रकार समेत रहेका डा. रोकाय कम्युनिष्ट विचारधाराबाट प्रेरित व्यक्ति हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal