आज :

मधेस बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

  • अनलाइन डबली

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनांै नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विहीबारबिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जनकपुरको रामानन्दचोकबाट मात्रै २३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा इन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजय कुमार साह, आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष बबिता साह लगायतका रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीले निर्वाचन लक्षित गतिविधि गर्न खोजेको भन्दै मतदान सकिएपछि साँझतिर स्थिति हेरेर छाड्न सकिने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनलाई लक्षितगरी आजपाले विहीबार मधेश बन्द आह्वान गरेको छ ।  बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग विभिन्न माग गर्दै आजपाले एक दिन मधेश बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal