आज :

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै

  • अनलाइन डबली

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो ।

कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो ।

कार्यालयको सेवा सुधार गर्न भन्दै नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि पटक–पटक दबाब र धर्नाका कार्यक्रम गरेका थिए । अन्य विद्यार्थी संगठनहरूले समेत त्रिविको परीक्षा सम्बन्धी सेवा सुधार गर्न दबाब दिँदै आएका थिए ।

कार्यालयको सेवा अनलाइन प्रणालीमा लगेपछि अब मार्कसिट, ट्रान्सक्रिप्टसहितका कागजातका लागि एप्लिकेसन दिन विद्यार्थीहरुले बल्खु धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal