आज :

पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर मार्शल पक्राउ, बाबुरामले जनाए आपत्ति

  • अनलाइन डबली

काठमाडौं । पूर्वजनमुक्ति सेनाको बिग्रेड कमाण्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । मार्शल तत्कालिन नेकपा (माओवादी) को कार्यकर्ता भएपछि योजनाबद्धरुपमा चरेस मुद्दामा फसाइएको परिवारको दाबी छ ।

सोही मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ ।

पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन् ।

मार्शल हाल बाबुरामले नेतृत्व गरेको हाल नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय सदस्य समेत रहेका छन् । मार्शल ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारसमेत थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal