आज :

संसदीय क्यालेण्डर अनुसार आगामी संसद चल्नुपर्छ: सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेको भएपनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा संसदीय समितिका सभापतिहरुसँग भएको छलफलमा उनले अब संसदलाई प्रभावकारी तरिकाले अगाडि बढाउन ‘क्यालेण्डर फिक्स’ गर्ने र त्यसअनुसार चल्न वातावरण सिर्जना गर्ने कुरामा अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेसम्म संसदीय क्यालेण्डर अनुसार अगाडि जाने प्रयासहरु भएपनि व्यवहारिक हुन सकेको छैन् । अबको संसदलाई प्रभावकारी तरिकाले अगाडि लानको लागि क्यालेण्डर फिक्स गर्न र सोही अनुसार चल्ने वातावरणहरु बनाउनु पर्छ । र सोही अनुसार चल्नुपर्छ ।’

यस्तै, उनले समितिहरुलाई विभिन्न दातृ संस्थाहरुले सहयोग गरेको भन्ने विषय बाहिर आएको भन्दै समितिलाई चाहिएको सहयोग सचिवालयबाट नै लिनु राम्रो हुने बताए ।

संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने पनि उनको भनाई छ ।

त्यसैगरि, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई एउटा कार्यदिशा नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाएर जाने विषयमा छलफल भएको बताए ।

उनले एउटै विषय विभिन्न समितिले हेर्ने र एकैदिन मन्त्रीहरुलाई तीनचारवटा समितिमा बोलाउँदा नभ्याउने गरेकाले त्यस विषयमा पनि छलफल भएको बताए ।

उनले भने, ‘अब संसदलाई नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाउने, सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरलाई अन्तिम रुप दिने, विशेष गरी विधेयकहरु समितिबाट छिटो भन्दा छिटो ल्याइ सदन चलाउन सहज बनाउने विषयमा विस्तृत छलफल भयो ।’ साथै समितिहरुको क्षेत्राधिकार र मुद्दा हेर्ने सवालमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal