Skip
आज :

इलाम-२ मा पहिचानवादीहरुले साझा उम्मेदवार उठाउने, काँग्रेस–एमालेका उम्मेदवारलाई हराउन एकमत 

  • अनलाइन डबली

विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेदवार उठाउने भएका छन् ।

‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको हो ।

संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पद खाली छ ।

सुनसरीको धरानमा भएको समितिको बैठकले उक्त क्षेत्रमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

बैठकले अन्य विभिन्न विषयमा पनि निर्णय गरेको छ । संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउने निर्णय गर्दै सो दिन आमहड्ताल गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाए आमहड्ताललाई अनिश्चितकालीन रूपमा लम्ब्याउने चेतावनी संघर्ष समितिले दिएको छ ।

पहिचानको आन्दोलन जनसमुदायिकरण, राष्ट्रिय, अन्तर्राष्ट्रियकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ सशक्त बन्दै गएको बैठकमा भएको समीक्षाले निष्कर्ष निकालेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

बैठकमा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगालगयतको सहभागिता थियो ।

प्रदेशको नामाकरणबाट असन्तुष्ट रहेका पहिचानवादी समूहहरुले नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारलाई जसरी पनि हराउने योजना बनाएका छन् । प्रदेशको नामाकरणमा एमाले बल मिच्याई र काँग्रेसले साथ दिएको उनीहरुको बुझाई रहेको छ ।
एमाले र काँग्रेसबाट उठ्ने उम्मेदवारलाई पराजित गर्ने एकमत भएको पहिचानका आन्दोलनमा लागेका अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal