आज :

गाजामा हमलाको १०० दिनः अमेरिका र बेलायतसहित विश्वभर प्रदर्शन, नांगिँदै इजरायल

  • अनलाइन डबली

काठमाडौं । इजरायलले गाजामा हमला सुरु गरेको आज एकसय दिन पुगेको छ । सय दिन पुगेको अबसरमा अमेरिका, बेलायतसहित विश्वभर गाजामा युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहेको छ ।

इजरायल–हमास युद्धको ९९ औं दिनमा एकताको प्रदर्शनमा वाशिंगटनमा हजारौंले प्यालेस्टिनी झण्डा फहराएको थियो ।
प्यालेस्टाइनका हजारौं समर्थकले विश्वव्यापी प्रदर्शन गरेका छन् । अमेरिकाको वाशिंगटन, बेलायतको लन्डनसहित विश्वव्यापीरुपमा विरोध प्रदर्शन भइरहेको छ ।

अमेरिकाको सहयोगमा इजरायलले गाजा क्षेत्रमा जारी राखेको हमलाको विरोधमा विश्वभर विरोध प्रदर्शन भइरहेको हो । प्रदर्शनकारीहरूले गाजा युद्धमा तत्काल युद्धविरामको माग गरेका छन् ।

प्यालेस्टाइनहरूले इजरायललाई अमेरिकी र बेलायतले गरेको समर्थनको पनि विरोधका थिए । प्रदर्शनकारीहरूले अब युद्धविराम गर्नु पर्ने र फ्री प्यालेस्टाइन र गाजामा युद्ध अन्त्य गर्न अनुरोध गरिएको ब्यानर र पोस्टर बोकेका थिए ।

गाजामा मारिएका वा घाइते भएका साथीहरू र आफन्तहरूको फोटो प्रदर्शन गर्दै उनीहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायललाई दिँदै आएको सैन्य र आर्थिक सहायता बन्द गर्न आग्रह गरे थिए । उता, लण्डनमा भएको विरोध प्रदर्शनमा सुरक्षा व्यवस्था मजबुत बनाउन १,७०० प्रहरी ड्युटीमामा खटाइएको थियो ।

इजरायलले अहिले पनि गाजामा बम प्रहारलाई जारी राखेको छ । गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कम्तिमा २३,८४३ व्यक्तिको मृत्यु भएको छ । जसमा अधिकांश महिला र बालबालिका छन् ।

मानव अधिकारको गम्भीर उलंघन गर्दै इजरायलले हमला जारी राखेपछि विश्वभर विरोध भइरहेको छ । संयुक्त राष्ट्रसंघले गरेको अपीललाई समेत लत्याएपछि इजरायले नांगिँदै गएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal