Skip
आज :

जनयुद्धमा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले भने- टिआरसी विधेयकमा बाधा गर्दैनौं

  • अनलाइन डबली

काठमाडौं । जनयुद्धको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूहरुले टीआरसी विधेयकमा कुनै बाधा नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

मंगलबार भएको भेटका क्रममा पीडित परिवारले संसदमा विचाराधीन टीआरसी विधेयकमा कुनै बाधा नगर्ने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।

टिआरसी विधेयकमा सुरक्षाकर्मीका परिवारका सम्भव भएसम्मका मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले राज्यपक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने स्पष्ट गरे ।

प्रधानमन्त्रीसँगको भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारकी वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्रीलाई जति नजिकबाट अरू नेताहरूलाई बोध नहुने भन्दै द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने अपेक्षा व्यक्त गरिन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविश्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पारे ।

त्यस्तै, प्रधानमन्त्रीले पीडित परिवारका सुझावलाई टिआरसी विधेयकमा सम्भव राखेर परिमार्जन गर्ने बताएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal