आज :

स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ। श्रम तथा रोजगार मन्त्रालयले शुल्क वृद्धि गरेको बिषयमा मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले मन्त्रालयले वृद्धि गरेको शुल्क कार्यान्वयन नगरी यथावत रुपमा हुने व्यवस्था मिलाउनुका साथै स्थानीय तहबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन निर्देशन दिनु भएको हो।

मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराए। उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु भयो।
छलफलका क्रममा उहाले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू
वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरि स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिनु भयो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal