आज :

मिसन पूरा नहुँदै गाजाबाट इजरायली सेना धमाधम फिर्ता, हमाससँग इजरायल पराजय भएको हो ?

  • अनलाइन डबली

काठमाडौं । आफ्नो घोषित मिसन पूरा नहुँदै इजरायलले गाजा क्षेत्रमा तैनाथ आफ्ना सेनाहरु फिर्ता बोलाउन थालेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रिजर्भ फोर्सका रुपमा खटिएकालाई सेनाहरुलाई इजरायलले फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गाजामा हमास विद्रोहीसँग अपेक्षाकृत सफलता हात नपारेपछि थप लक्षित आक्रमणहरू गर्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन यो निर्णय लिने नेतान्याहूले रिजर्ब फोर्सलाई फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अनिवार्य शैन्य तालिम लिनु पर्ने व्यवस्था भएकाले अहिलेको युद्धमा आम नागरिकहरु रिजर्भ फोर्सका रुपमा खटिएका थिए ।

जसका कारण अन्य कामकाज ठप्प हुँदा अर्थतन्त्रमा पनि असर परेपछि  सैन्य फिर्ता अभियान सुरु गरेका हुन् ।

इजरायली सेनाले गाजा पट्टीलाई ठूलो मात्रामा आफ्नो कब्जामा लिएको छ । इजरायलले गाजामा हमासविरुद्ध सही जानकारीको आधारमामात्रै कारबाही गर्नेछ ।

इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म प्यालेस्टिनी क्षेत्रमा युद्ध जारी रहने बताएका छन् । उनले गाजाबाट फिर्ता गरिएका केही सेनालाई लेबनानसँगको सिमासहित अन्य सम्भावित मोर्चाहरूमा तैनाथ गरिने बताए ।

हमासको आक्रमणपछि इजरायलले अक्टोबर ७ मा गाजामा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० इजरायली नागरिक मारिएका थिए भने २४० भन्दा बढीलाई अपहरण गरी गाजा लगिएको थियो । तीमध्ये केहीलाई हमासले रिहा गरेको छ भने १२९ जना अझै पनि बन्दी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal