आज :

कर्णालीमा शनिबारदेखि रग्बी प्रतियोगिता हुँदै

  • अनलाइन डबली

सुर्खेत ।
कर्णाली प्रदेश रग्बी संघको आयोजनामा कर्णाली प्रदेशमा पहिलो पटक Karnali province rugby 7s tournament प्रतियोगिता हुने भएको छ । शनिबारबाट सुरु हुने प्रतियोगितामा कर्णाली प्रदेशका ७ वटा टिमले भाग लिने संघका अध्यक्ष सुरेन्द्र कँवरले जानकारी दिए ।

प्रतियोगितामा सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, रुकुम पश्चिम र सल्यानबाट पुरुष टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता ७/७ गरि जम्मा १४ मिनेटको हुनेछ भने प्रतियोगिता कालिञ्चोक रग्बी मैदान, विरेन्द्रनगर सुर्खेतमा बिहान ९ः०० बजेबाट सुरु हुने छ ।

रग्वी खेललाई केन्द्रदेखी प्रदेश हुँदै गाउँ गाउँसम्म विकास र विस्तार उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष कँवरले बताए ।

कर्णाली प्रदेशले नेपाल रग्वी संघ तथा बागमती प्रदेश खेलकुद बिकास समितीको आयोजनामा भएको दोस्रो बागमती प्रदेश नेसनल रग्बि सेभेन २०८० र कोशी प्रदेश रग्वी संघ तथा नेपाल रग्वि संघको संयुक्त आयोजनामा भएको नेसनल यु–२० राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal