आज :

महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा, प्रधानमन्त्रीले स्वागत गर्ने

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज लुम्बिनीको भ्रमणमा गर्न लागेका छन् । गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट लुम्बिनी आउन भएका छन् ।

लुम्बिनी विकास कोषका अनुसार पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइले केही समय लाग्ने भएको छ ।

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगिसकेका छन् । कोषले गुटेरेसको स्वागतसहित अवलोकन गराउने कार्यक्रम बनाएाको छ ।

चारदिने पचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

स्वागतको लागि प्रधानमन्त्रीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, राज्यमन्त्री शुसिला श्रीपाइली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारी तयारीमा बसेका छन् ।  ले स्वागत गर्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्केर आजै संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal