आज :

४: १९ मिनेटबाट सुरु भएको चन्द्रग्रहण राति २ : ३८ सम्म रहने, यसरी हेर्न सकिन्छ

  • अनलाइन डबली

काठमाडौं । आज अपराह्नबाट सुरु भएको खण्डग्रास चन्द्रग्रहण आइतबार विहानसम्म रहनेछ । दिउँसो ४ः १९ बजेबाट सुरु भएको चन्द्रग्रहण राति २ः३८ सम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो चन्द्रग्रहण २०८० मा लाग्ने एक मात्र ग्रहण भएको समितिले जनाएको छ ।

ग्रहणका बेलामा स्नान गरी शुद्ध भावले विभिन्न मन्त्रोच्चारण गर्नाले राम्रो हुने मानिन्छ । तर, विशेष कामना राखेर गरिने कर्म भने गर्नुनहुँने बताइन्छ ।

धर्मशास्त्रका ग्रन्थमा चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने उल्लेख गरिएकाले आज राती लाग्ने ग्रहणको दिउँसो ४ः१९ बजेदेखि बार्नुपर्ने हुन्छ । बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने बताइएको छ । ग्रहणका बेला जप, स्नान,ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।

ग्रहण लागेका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी वा त्यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु,कालमाधव, लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

त्यसैगरी चन्द्रग्रहणलाई खुला आँखाले हेर्न नहुने बताइएको छ । चश्मा वा गलास लगाएर हेर्न सकिने वैज्ञानिकहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal