Skip
आज :

दशैंसँगै नेपाली क्रिकेट टीमले थप्यो खुशीयाली, यूएईलाई हराउँदै जित्यो एसीसी प्रिमियर कपको उपाधि

  • अनलाइन डबली

काठमाडौ ।  यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई डीएल मेथडमा १९ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।

देव खनालको कीर्तिमानी ब्याटिङ र आकाश त्रिपाठीको घातक बलिङमा नेपालले उपाधी जितेको हो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य दिए पनि वर्षाले खेल प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो। यूएई १ बलअगावै १ सय ७८ रनमा समेटियो।

११ औं ओभरको खेल जारी रहँदा वर्षाले खेल प्रभावित भएपछि खेल २७ ओभरमा घटाइएको थियो। ११औं ओभरमा यूएई ५०–२ को अवस्थामा थियो।

यूएईलाई रोक्न नेपालका आकाश त्रिपाठी एक्लैले चार विकेट लिए। सुवास भण्डारीले ३ विकेट लिए। आकाश चन्दले २ तथा हेमन्त धामीले एक विकेट आफ्नो नाममा गरे। यूएईका ध्रुव परासरले सर्वाधिक ५९ रनको योगदान दिए।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान देव खनाले ऐतिहासिक शतक प्रहार गरे। कप्तान देवले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

दशैंको खुशीयालीसँगै उपाधि जितेर नेपाली क्रिकेट टोलीले खुशी थपेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal