
काठमाडौं । आज सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
दसैँको टीकाको दिनको सवारी साधान संचालन नहुने भएकोले प्रहरीले बस सेवा संचालन गर्न लागेको हो ।
टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी सशस्त्र प्रहरीले जनाएको छ ।
बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउने छ । भने, अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यविनायक हुँदै पुनः नक्साल आउने छ ।
सशस्त्र प्रहरी बल नेपालले पनि उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी (टीका) को दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।