आज :

एनआरएनए आरके शर्मा समूहलाई अर्थमन्त्री र परराष्ट्रमन्त्रीले दिए बधाई, लगानी भित्र्याउने प्रतिवद्धता

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको समूहले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ ।

सो समूहले शनिवार सकिएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेट एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग राखेको थियो । नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न शर्माले अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए ।

आजै सो समूहले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटघाट गरेको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विवादबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराइएको थियो । अध्यक्षसहित नवनिर्वाचित पदाधिकारीले राज्यको लागि राम्रो काम थालनी गरे लगानी पुँजी भित्राउन विश्वास दिलाएका थिए ।

भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट नविकरण, श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिषामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ ।

कुवेत,इराक माल्टा लगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्माको नेतृत्व टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ ।

दुबै भेटमा अध्यक्ष शर्मासहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम, खगेन्द्र न्यौपाने, विजय मोक्तान, महासचिव बुद्धिसागर सुवेदी, सचिव टंक गैरे, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणी सापकोटालगायत सहभागी थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal