आज :

दशैंको मौकामा हुने ठगीविरुद्ध प्रहरी सक्रिय, बल्खु र कोटेश्वरबाट पाँच पक्राउ

  • अनलाइन डबली

दशैको समयमा घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर कार्यलय काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जना पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा असुल गरेको, भिडभाडमा मानिसहरुलाई अनावश्यक दुख दिएको र नक्कटी टिकट बनाएर ठगी गरेको पाइएपछि पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा स्थायी घर भएका सन्देश श्रेष्ठले यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंका रोहित लामाले पनि यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको छ ।

नक्कली टिक बनाएर यात्रुलाई ठगेपछि महोत्तरी बर्दिबासका अनिल बुढाथोकी , काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई प्रहरीले आज पक्राउ गरेको बताएको छ ।

प्रहरीले बढी भाडा असुल गर्ने ,नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र ठगी नियन्त्रण गर्न काठमाडौंमा प्रहरी टोली परिचालन गरेको छ । उक्त टोलीले आज पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal