आज :

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अध्ययन गर्न प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

  • अनलाइन डबली

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ पुगेका छन् ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्। उनले स्थानीय जनतासँग अन्तरक्रिया पनि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग पनि छलफल गर्नेछन् ।

सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाको कार्यक्रममा गएका प्रचण्डको छातीमा केही असहजता महसुस भएकाले मंगलबार दिउँसो स्वास्थ्य परीक्षण गराएका थिए । ‘एन्जियोग्राफी’ परीक्षणपछि उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएसँगै आज बिहानै उनी कार्यतालिका अनुसार नै मुस्ताङ गएका सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal