आज :

दशैंको मुखमा गोलभेडाको मूल्य घट्यो, यस्तो छ हरियो तरकारी र फलफूलको मूल्य

  • अनलाइन डबली

काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी,र सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ । केही दिन पहिलो बडेपनि अहिले गोलभेडाको मूल्य स्थिर रहेको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजी मा बजारमा पाइने छ ।

आज प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली १००, रातो मूला ६०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३०,तने बोडी १२०, मकै बोडी ७०,मटरकोशा २५०,घिउ सिमी ६०,राजमा सिमी २५०,भटमासकोशा ९०,तितो करेला ६०,लौका ६०,परवल ५०,घिरौँला १००,फर्सी पाकेको ४०,हरियो फर्सी ६०,भिन्डि ७०, बरेला ७०,रायो साग ५०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ३५०,कुरीलो ५०० र काँक्रो ९० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले फलफूलमा फूजी स्याउ ३००, केरा १४०,कागती १६०,अनार ४००, कालो अंगुर ४००, सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ७०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal