आज :

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेशका सांसद पूर्व मन्त्री बाबुराम दाहाल आकाशले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।

‘दलहरुको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अुनमोदन गरेको हो । यति बुझौं न गठबन्धन दलले अहिलेको सरकारलाई विश्वासको मत नदिने निर्णये छ,’ उनले भने ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal