आज :

बझाङमा गएको भूकम्पमा परी टिमुर टिप्न गएकी ४० वर्षीय गुनमति धामीको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए ।

इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको र पहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए ।

भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३ सय ३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

तर, जिल्ला प्रहरी कार्यालयले भने भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal