आज :

उन्नती चौधरीसहित तीनजना पत्रकारलाई इयूको ‘ह्युमन राइट्स अवार्ड’, युरोप भ्रमणमा बेल्जियम जाँदै

  • अनलाइन डबली

काठमाडौँ । विभिन्न विधामा सक्रिय तीनजना पत्रकार ‘ह्युमन राइट्स अवार्ड’ बाट सम्मानित भएका छन् । युरोपियन युनियनको सोमबार राजदूतावासमा आयोजित एक समारोहकाबीच तीनै जनालाई कदरपत्रसहित सम्मानित भएका छन् ।

अवार्डबाट पत्रकार उन्नती चौधरी, चाँदनी हमाल र आशिष मिश्र सम्मानित भएका हुन् । चौधरीलाई ‘कमलरी प्रथा, मुक्तिको इतिहास र वर्तमान’, वालविवाह विषयमा शसक्त रुपमा कमल चलाए बापत सम्मान गरिएको हो ।

विगत १७ वर्षदेखि संचार क्षेत्रमा रहेकी चौधरी हिमाल खबरमा रिर्पोटिङ गर्छन् भने केर्नीन्यूज डटकम अनलाइनकी संचालिका पनि हुन् । त्यस्तै, हमाल गोरखापत्र दैनिक र मिश्र द राइजिङ नेपालमा कार्यरत छन् ।

समारोहमा नेपालका लागि युरोपियन सङ्घकातर्फबाट नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मान प्रदान गर्दै तीनै जना पत्रकारको भूमिकाको उच्च सम्मान गरेकी थिइन् ।

तीनै जना पत्रकारलाई पुरस्कारस्वरुप ईयूले आउँदो साता युरोपको शैक्षिक भ्रमणमा बेल्जियम लाग्ने भएको छ । युरोप भ्रमणबारे तीनै जना पत्रकारलाई जानकारी समेत दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal