आज :

१७ वर्षदेखिको संस्थाको निरन्तरताको लागि कोरियामा कमिटी गठनः एनआरएनए अध्यक्ष कुँवर

  • अनलाइन डबली

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियामा संस्थाको निरन्तरता लागि कमिटी आवश्यक भएको बताउँनुभएको छ । निक ट्राभलमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नु परेको बताउँनुभयो ।

“संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न यो कमिटी गठन गरिएको छ” कुँवरले भन्नुभयो । उहाँले सन् २००६ मा स्थापन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन भएको समेत बताउँनुभयो ।

भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरेको छ । गुरुङ संस्थाको पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

कमिटीको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।

नव गठित कमिटीलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिव जुनु गुरुङले शुभकामना दिँदै एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्नुभएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal